काठमाडौं—रिपोर्टर्स क्लब नेपालमा गत सेप्टेम्बर १४ मा आयोजित पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ परेका छन्। उनी काठमाडौं मनोहराबासी भएको प्रहरीले पुष्टि गरेको छ।

लामाले सुदन गुरुङको पत्रकार सम्मेलनमा घुसपैठ गरी हुलदंगा मच्चाएको आरोप छ। क्लब परिसरमै उनीमाथि हातपात समेत भएको थियो।

यसअघि भदौ २५ गते आर्मी हेडक्वार्टर परिसरमा जेन-जी आन्दोलनका क्रममा पनि उनी लफडाबाजीमा संलग्न भएको खुलेको थियो। जेन-जी आन्दोलनकारीले नै उनको पहिचान सार्वजनिक गरेका थिए र एमाले कार्यकर्ता भएको पुष्टि गरेका थिए।

प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।