काठमाडौं—नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई माथि तीव्र आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिनुएका छन । लुसिफर डार्कम्यान विदेशीको शिखण्डी र अपराधीको संज्ञा दिएका छन् ।
नेता थापाले आज बिहान सामाजिक सञ्जालमार्फत बालेनले सिंहदरबार आगो लगाउन लगाएको निभाउन दमकल नपठाएर आपराधिक काम गरेको बत्ताएका छन् । ‘दमकल नपठाउने अपराधी उही थियो र दमकल रोक्ने भिड पनि उसकै थियो, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत र संसद् भवन उसकै भिजिलान्तेहरूले जलाएका थिए भन्ने छर्लङ्ग भइसकेको तथ्य छ’, नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेता थापाले २०८२ भदौ २४ गते राजधानीमा आगलागीका क्रममा ५४ जनाको ज्यान गएको घटनाको प्रसङ्ग उठाउँदै त्यसको ‘उक्साहट’ काठमाडौं महानगरका प्रमुख बालेन शाहकै निर्देशनमा भएको दाबी गरेका छन् । नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘२०८२ भदौ २४ गते ५४ जना मान्छेको जसरी ज्यान गयो, त्यही रहस्यमय लुसिफर डार्कम्यानकै उक्साहटमा नै गएको थियो, उ विदेशीको शिखण्डी र अपराधी हत्यारा हो।’
यस्ता आपराधिक काम गर्ने व्यक्ति मेयरको कुर्सीमा बस्न लायक नभएको उनको धारणा छ। ‘राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन, थापाले लेखेका छन् ।





















