भक्तपुर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्ने भएका छन्। कार्यक्रम सूर्यविनायक नगरपालिका–७, गुण्डुमा पार्टीको जिल्ला कमिटी भक्तपुरद्वारा आयोजना गरिएको हो।
“समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट” नाम दिइएको कार्यक्रममा अध्यक्ष ओलीले हाल देशमा उत्पन्न असामान्य परिस्थिती र नेता तथा कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारे स्पष्ट पार्ने बताइको छ ।
कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल लगायत विभिन्न तहका नेताहरू पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए ।




















