भक्तपुर — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री भएकी भएको आरोप लगाउँदै उनीबाट लोकतन्त्रको रक्षा हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
भक्तपुरमा आज आयोजित एक विशेष कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने,
“प्रधानमन्त्री हुने बित्तिकै संसद् भंग गर्न पाउनुपर्छ भन्ने माग राखेर उहाँ प्रधानमन्त्री हुनुभयो। त्यसैले सुशीला कार्कीको नियतमै खोट छ। यस्तो व्यक्तिबाट लोकतन्त्रको रक्षा हुने कुरा कल्पना गर्नै सकिँदैन।”
![]()
अध्यक्ष ओलीले हालको सरकारले “सडकमा तमासा देखाउने मात्र काम गरिरहेको” आरोप समेत लगाए । उनले भने
“कहिले केपी ओलीलाई पक्राउ गर्न राति ३ बजेसम्म बैठक बस्ने, कहिले पासपोर्ट रोक्ने, कहिले उपत्यकाबाहिर जान नदिने— यस्ता तमासाले डराउने मान्छे होइन केपी ओली।”
ओलीले गृहमन्त्रीलाई चेतावनी दिँदै भने, “देश चलाउने कुरा हाँसो–मजाक होइन, जिम्मेवारीपूर्वक गर्नुपर्छ। गृह मन्त्रालयको जिम्मेवारी खेलाँची शैलीमा नचलोस्।”
उनले अहिलेको सरकारले जनताको समस्या समाधान र विकासका मुद्दा छोडेर प्रतिशोध र दमनमा केन्द्रित भएको आरोप समेत लगाए।




















