काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध माइतीघरमा टाँगिएका ब्यानर कांग्रेस निकट कार्यकर्ताले हटाएका छन्।

बिहीबार साँझ विभिन्न समूहले माइतीघरमा ‘म भ्रष्टाचारी शेरबहादुर देउवा’ लेखिएको ब्यानर टाँगेका थिए। केहीबेरपछि नेपाली कांग्रेस निकट नेविसंघ, तरुण दल लगायतका नेताहरू त्यहाँ पुगेका थिए र जेनजी अभियानको नाममा आएका समूहबाट उक्त ब्यानर खोसेर हटाएका हुन्।

घटनास्थलमा नेविसंघका नेता तारामान स्वाँरलगायतका कार्यकर्ताहरू उपस्थित थिए। उनीहरूले देउवाविरुद्ध अपमानजनक अभिव्यक्ति भएको भन्दै ब्यानर तत्काल हटाएको बताएका छन्।

त्यसो त यसअघि बुधबार एमाले नेताहरूमाथि लेखिएका ब्यानर पनि सोही शैलीमा एमाले कार्यकर्ताले  पनि हटाएका थिए।