काठमाडौं — माइतीघर मण्डलामा बिहीबार दिउँसो प्रदर्शन गर्ने क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ।

प्रहरीले पक्राउपछि गरेको स्वास्थ्य परीक्षण (मेडिकल रिपोर्ट) अनुसार उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

भुसाललाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सुधार केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ।

निकोलस भुसाल हाल चर्चामा रहेको जेन–जी आन्दोलनसँग जोडिएर विभिन्न सामाजिक अभियोजन र विरोध प्रदर्शनमा सहभागी हुँदै आएका थिए।