काठमाडौं — सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा घटाएपछि अब उनको सुरक्षामा भूपू सैनिक, प्रहरी र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन्।
एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतका अनुसार, “यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो। जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा जनता स्वयं उभिएका छन्।”
सरकारले पूर्वप्रधानमन्त्रीलगायत उच्चपदस्थ नेताहरूका सुरक्षाकर्मी कटौती गरेपछि एमाले कार्यकर्ताहरूले स्वेच्छाले ओलीको सुरक्षा जिम्मा लिएका हुन्।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पनि वाइसिएल र पूर्वजनमुक्ति सेना तैनाथ गर्ने निर्णय गरिएको थियो।




















