काठमाडौं — नेकपा (एमाले) को शनिबारका लागि तय गरिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको छ। अब बैठक आइतबार बिहान ११ बजे बस्ने भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
एमालेका सचिव भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघा–खोकीको समस्या देखिएपछि बैठक स्थगित गरिएको हो।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको आगामी महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा व्यापक छलफल भएको थियो। सो बैठकले महाधिवेशनमार्फत पार्टीभित्र उठेका प्रश्नहरूको जवाफ खोज्ने र नयाँ ढङ्गले अघि बढ्ने निष्कर्ष निकालेको थियो।




















