काठमाडौं— झापाको दमक नगरपालिका–५, धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ।
स्थानीयवासीले बिहान प्रहरीलाई जानकारी गराएपछि प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेको हतियार गत भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहितको हतियार रहेको पुष्टि भएको छ।
उनले भने, “उक्त हतियार कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा सुरक्षित राखिएको छ।”




















