काठमाडौं — जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सरकारमा आफ्नो सहभागिताका लागि आठ जनाको नाम सिफारिस गरेको छ।
उक्त समुहले आफ्नो नाम सडकको आगो मन्त्री मण्डलमा राखेको छ । सो समुहको आज नक्सालमा बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तीका अनुसार मिराज ढुंगानालाई गृह, सिपि श्रेष्ठलाई पर्यटन तथा नागरिक उडययन र दिवकार दंगाललाई महिला तथा बालबालिका मन्त्री सिफारिस गरेको छ ।
यसैगरी रक्षा बमलाई महिला बालबालिका राज्यमन्त्री, पुरुषोत्तम यादवलाई पर्यटन राज्यमत्री, ओजस्वी राज थापालाई बन तथा वातावरण मन्त्री, जस्मिन ओझालाई सहरी विकास राज्यमन्त्री र प्रवेश दाहाललाई श्रम तथा रोजगार राज्यमन्त्रीमा सिफारिस गरेको विज्ञप्तीमा जनाइएको छ ।



















