काठमाडौं — नेकपा (एमाले) ले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको छ। आज बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
ज्ञवालीका अनुसार बैठकमा विभिन्न नेताहरूले खुला रूपमा आफ्नो मत राखे पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने सहमति जुटेको छ।
उनका अनुसार अब केन्द्रीय कमिटी बैठकबाट जनपरिचालनको ठोस कार्ययोजना र महाधिवेशन केन्द्रित कार्यक्रमहरू घोषणा गरिने तयारी गरिएको छ।
त्यस्तै एमालेले ११ औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय पनि गरेको छ। पार्टीको सचिवालय बैठकले महाधिवेशन स्थल केन्द्रीय कमिटीले तय गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।




















