काठमाडौं — आफूलाई जेन–जी अगुवा भनेर सरकारी कार्यालयमा धम्क्याउँदै हिँड्ने अर्जुनकुमार शाहीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।
बैंकिङ कसूर र ठगीका विभिन्न घटनामा मुछिएका शाहीविरुद्ध गत वैशाखमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए। उनीमाथि युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गर्ने र बाउन्स चेक दिने आरोप छ।
प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा शीतल निवास समेत पुगेको शाही ठगी घटनामा संलग्न रहँदै आएको खुलेपछि प्रहरीले उनको निगरानी बढाएको थियो।
तर, पक्राउ पर्ने संकेत पाएसँगै शाही हाल बेपत्ता छन् र खोजी जारी रहेको प्रहरीले जनाएको छ। अस्तिसम्म सरकारी कार्यालयमा धम्क्याउँदै हिँडेका शाही आज कतै देखिएका छैनन्।
स्रोत: जन आस्था




















