काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेमा फर्कने सम्भावना रहेको संकेत गरेका छन्। उनी फर्किनुअघि ‘समाजवादी क्रान्तिको बाटो’ अपनाउनुपर्ने मुख्य सर्त राखेका छन्।

खनालले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘सुस्थिर चिन्तन’ नदेखिएको भन्दै एमालेको आलोचना गरेका छन्। उनका अनुसार, एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको छ।

उनी फर्कनका लागि चारवटा वैचारिक सर्त अघि सारेका छन् र भन्छन्, “एमाले फर्कन तयार छौँ, तर जनताको बहुदलीय जनवाद मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र फर्कन सकिन्छ।”

#झलनाथ_खनाल #एमाले #नेपालीराजनीति #समाजवादीक्रान्ति #एकीकृत_समाजवादी