काठमाडौं — नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले देशको वाम राजनीति र दलगत समीकरणबारे तिखो टिप्पणी गरेका छन् ।
नेता बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूबीच चलिरहेको वाम एकताको प्रयासलाई व्यङ्ग्य गर्दै एमाले नै देशको वास्तविक शक्तिकेन्द्र भएको दाबी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत बस्नेतले लेखेका छन्,
“प्रचण्ड, माधव नेपाललगायत ७–८ वटा दलहरू अहिले एकैचोटि एकताको कुरा गरिरहेका छन्। यो अवस्थालाई यसरी बुझ्न सकिन्छ— हिन्दीमा एउटा कहावत छ, ‘अगर एक ही घाट पर कुत्ता, बिल्ली, घोड़े, हाथी, गधे, लोमड़ी सब एकसाथ पानी पी रहे हैं, तो समझ लेना कि दूसरे घाट पर शेर अकेला खड़ा है।’”
उनले थप लेखेका छन्, “शेर को हो, त्यो तपाईंहरूले आफैं बुझ्न सक्नुहुन्छ।”




















