काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कार्तिक १९ गते पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पार्टीको गौरवशाली विद्रोहको रक्षा र आगामी राजनीतिक दिशाबारे विशेष घोषणा गर्न पत्रकार सम्मेलन गरिने पार्टीका उप–प्रमुख तथा केन्द्रीय प्रचार विभागका दामोदर अर्यालले जानकारी दिए ।
पत्रकार सम्मेलन काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको चौथो तला पृथ्वीहलमा पत्रकार सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ।
पार्टीका उप–प्रमुख तथा केन्द्रीय प्रचार विभागका दामोदर अर्यालका अनुसार पत्रकार सम्मेलनमा राजधानीमा रहेका पार्टी नेता–कार्यकर्ता र सञ्चारकर्मीहरूलाई सहभागी हुन अनुरोध गरिएको छ।
कार्यक्रम भोलि बिहान ठीक ११ बजे सुरु हुनेछ।




















