काठमाडौं — जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका युवतीहरूमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाल रहेका छन्। उनीहरूलाई काठमाडौंको बूढानीलकण्ठ–१० गैरीगाउँबाट नियन्त्रणमा लिइएको प्रहरी प्रभाग कपनले जनाएको छ।
प्रहरीका अनुसार निशा राई इलाम माई नगरपालिका–८ की स्थायी बासिन्दा हुन् भने हाल बूढानीलकण्ठ–१० गैरीगाउँमा बसोबास गर्दै आएकी थिइन्। त्यस्तै, आयुषा कुमाल गुल्मीको हस्तिचौर गाउँपालिका–२ की हुन्।
दुवै जनालाई हाल प्रहरी वृत्त बौद्धमा राखिएको छ।
जेनजी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न स्थानमा तोडफोड र नाराबाजीका घटना भइरहेका छन्। प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।



















