काठमाडौं—हिजो मात्रै घोषणा गरिएको नवगठित नेपाली कम्युनिष्ट पार्टीमा आज नेकपा (एमाले) का नेता उब्जनबहादुर शाही प्रवेश गरेका छन्।
सहसंयोजक माधवकुमार नेपालको हातबाट खादा र टिका ग्रहण गर्दै शाही औपचारिक रूपमा पार्टीमा सामेल भएका हुन्। एमालेका पूर्व केन्द्रीय सदस्य तथा मुगुको खपत्याड गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका शाही कर्णाली प्रदेशमा प्रभावशाली नेता मानिन्छन्।
पार्टी प्रवेश कार्यक्रममा सहसंयोजक नेपालसँगै प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पुरीलगायत नेताहरूको उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले उब्जनबहादुर शाहीको प्रवेशले नवगठित दललाई कर्णालीमा थप सशक्त बनाउने विश्वास व्यक्त गरे।




















