इनरुवा—जेनजी घटनापछि आधारभूत तह र युवा पुस्ताका भावनासंग हाम्रो पार्टी नेतृत्व जोडिनु पर्छ भन्ने उदेश्यले पार्टीले आफ्ना नीतिहरु बनाईरहेको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभएको छ । एमाले सुनसरीको इनरुवामा आइतबार भएको अगुवा कार्यकर्ता तथा वितारित बैठकमा राईले यस्तो बताउनु भएको हो । 

जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देश माथि आक्रमण भएको तथ्यलाई उजागर गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि राईले जेनजीहरुमाथिको गोली प्रहारको गम्भिर छानबिन गर्नुपर्ने बताउनु भएको छ । 

Untitled design (32) 3उहाँले भन्नु भएको छ विद्यालयका सानासाना विद्यार्थीहरुलाई पोशाकमै कसले बोलायो ? ती साना अबोध बालबालिकामाथि कस्ले गोली चलायो ? विद्यार्थीहरुको टाउकोमै कसरी गोली लाग्यो यी सबै घटनाहरुको मसिनो छानबिन गर्नुपर्छ राईले भन्नुभयो  । 

उहाँले भन्नुभयो भदौ २३ र २४ गते यो देश, संविधान र व्यवस्थालाई समाप्त पार्ने, देशका प्रधानमन्त्रीको हत्या गर्ने जस्ता इतिहासकै गम्भिर अपराधिक काम भएकाछन् । देशी विदेशी षडयन्त्रहरुकारीहरु अझै सलबलाई रहेको छ । उहाँले भन्नुभयो अब यो देश, संविधान, गणतन्त्रात्मक व्यवस्था रक्षाका लागि नेकपा (एमाले) एक भएर लाग्नु पर्छ । 

संसद भंग भइसकेपछि देशलाई संवैधानिक बाटोमा ल्याउन अबको एक मात्रै विकल्प संसद पुनस्र्थापना मात्रै रहेकाले सबैदलहरु समेत नेकपा एमालेले भनेझै संसद पुनस्थापनाको एजेण्डामा आउनु पर्ने कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका राईले बताउनु भयो । 

Untitled design (31) 5कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियतले एमाले र एमाले नेतृत्व विरुद्धका प्रहारहरुको भण्डाफोर गर्न, संविधान, लोकतन्त्र र राष्ट्रको रक्षाका लागि एमालेले देशव्यापी जागरण अभियान सञ्चालन गरिरहेको बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङले जेनजी घटनापछिका षडयन्त्रहरुको एकपछि अर्को पर्दाफास भइसकेकाले एमाले र एमाले अध्यक्ष केपी ओली माथिका सबै भ्रमहरुको पर्दा खुलीसकेको बताउनुभयो । 

उहाँले एमाले र यसका नेतृत्व विरुद्ध देशभीत्रका र बाहिरका सबै खालका प्रहारको आसय नेपाली जनताले स्पष्ट बुझिसकेकाले अब देशको समग्र समृद्धिको नेतृत्व एमाले र पार्टी नेतृत्वका हिसावले अध्यक्ष केपी ओलीले गर्ने बताउनुभयो । 

कार्यक्रमले ६ बुदे प्रस्ताव समेत पारित गरेको छ । 

No photo description available.कात्तिक २९ गते इटहरीमा एमालले शक्ति प्रदर्शन गर्ने 

नेकपा (एमाले) सुनसरीले कात्तिक २९ गते इटहरीमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शन गर्ने भएको छ । सुनसरीमा रहेको धरान, इटहरुी, इनरुवा, दुहवी, बराहक्षेत्र लगायत १२ वटै पालिकाहरुबाट बिहान ११ बजे इटहरी चोकसम्म मोटरसाइकल र्‍याली गर्ने जिल्ला उपसचिव इन्द्रकला राईले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो कात्तिक २९ गते जिल्लाभरीबाट ५ हजारका संख्यामा पार्टीको झण्डा सहितको र्‍याली हुनेछ । 

राईका अनुसार सबै पालिकाबाट आएका र्‍यालीले इटहरी नगरपालिकाको अघि सडकमा कोणससभा गर्ने तयारी रहेको छ ।