काठमाडौ—बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था अहिले गम्भीर रहेको छ।  उनलाई अहिले भेन्टिलेटरमा राखिएको बताइएको छ।

यसैबीच, अभिनेता सलमान खान पुगेर धर्मेन्द्रलाई भेट्न अस्पताल पुगेका छन्।

८९ वर्षिय धर्मेन्द्रको स्वास्थ्य अचानक बिग्रिए पछि सोमबार उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। स्रोतहरूले बताएअनुसार श्वासप्रश्वासमा समस्या भएका कारण उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको हो ।

डाक्टरहरूले धर्मेन्द्रको लागि आगामी ७२ घण्टा अत्यन्तै कठिन हुने बताएका छन्।

उनकी श्रीमती हेमा मालिनीले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै लेखेकी छिन्, "धर्मेन्द्र जी अस्पतालमा हुनुहुन्छ। डाक्टरहरूले उहाँको हेरचाह गरिरहेका छन्। उनले श्रीमान् धर्मेन्द्रको शीघ्र स्वास्थ्यलाभको लागि सबैलाई प्रार्थना गर्न पनि आग्रह गरेकी छिन्।

धर्मेन्द्रका छोरा सनी देओलले टोलीले चिकित्सकसँगको परामर्शपछि चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।