काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले शान्ति सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्ने प्रक्रियामा देखिने घटनाहरूका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवार ठहराउन नहुने बताएका छन्।

मंगलबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पोखरेलले शान्ति–सुरक्षा राज्यको दायित्व भएकाले त्यसबेला भएको बल प्रयोगको राजनीतिक जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्न नहुने टिप्पणी गरे।

उनका अनुसार आजको बैठकको मुख्य एजेन्डा संसद् पुनर्स्थापना का लागि आवश्यक पहल बलियो बनाउने रहेको छ।

पोखरेलले भने, “संविधानले नचिनेको प्रधानमन्त्रीबाट संसद् विघटन गरिएकोले यो पहिलो दृष्टिमै गलत छ। विगतका फैसला र नजीरले पनि संसद् पुनर्स्थापना आवश्यक देखिन्छ। राजनीतिको बिग्रिएको कोर्स यतैबाट सुधार्नै पर्छ।”