काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले देशलाई गलत दिशामा धकेलिरहेको आरोप लगाउँदै त्यसलाई ‘बाघको छालामा स्यालको रजाइँ’ गरेको सरकार भनेर व्यंग्य गरेका छन्।
मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्र सबैमा देशलाई पछाडि लैजान खोजेको आरोप लगाए।
उनले भने, “देश अहिले दोबाटोमा छ। स्वाधीनता र स्वतन्त्रता जोगाउँदै समृद्धिको बाटोमा अगाडि बढ्ने कि विनास र बर्बादीतिर धकेलिने—यो निर्णायक प्रश्न बनेको छ।”




















