काठमाडौं—मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ परेका छन्। उनी अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंमा हिरासतमा छन्।

एसपी पवन भट्टराईका अनुसार, प्रसाईं पक्राउ परेपछि खड्कासहित केही युवाहरू परिसर पुगेका थिए। सो क्रममा खड्कालाई नियन्त्रणमा लिइएको हो।

खड्कालाई अभद्र व्यवहारको मुद्दामा प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रसाईं पनि हाल हिरासतमै छन्।