विराटचोक — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ३ बाट ९ जना प्रतिनिधि चयनमा ३७ जनाले उम्मेदवारी दिएका छन्। आज क्षेत्रीय निर्वाचन समिति बेलबारीमा उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन समितिका संयोजक गणेशप्रसाद दाहालका अनुसार ४० वर्षमुनिका युवाको १ जना कोटामा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जसमा विजय डाँगी, हिमालय थापा (पर्वत), भविन पाण्डे, निरजकुमार ढकाल, इन्जिनियर प्रदीप नेपाल र नविन पौडेल रहेका छन्। त्यसैगरी,३ महिला कोटामा ७ जनाको दाबी परेको छ। धनमाया तामाङ, यमुना विष्ट, यसोदा लिम्बू, सीता तामाङ, दुर्गा सुवेदी (दङ्गाल), रत्नदेवी गुरुङ (मधु) र अञ्जु सिग्देल महिला उम्मेदवार हुन्।
५ खुला कोटाका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।राजकुमार ओझा, सन्तोष बान्तवा, बासुदेव थापा (नविन), सुरेन्द्रबहादुर थापा, बीरेन्द्र श्रेष्ठ, रोसनप्रसाद ढकाल, मातृकाप्रसाद ढकाल, केदारप्रसाद गुरागाईं, चन्द्र न्यौपाने, इरन राई, ज्ञानेद्र सुवेदी, रविन थापा, शंकर गुरुङ, अम्बरबहादुर गुरुङ, प्रकाश राई, दिलप्रसाद राई, भोलाप्रसाद अधिकारी, भूपाल श्रेष्ठ, भोजराज श्रेष्ठ, भगतचन्द्र थपलिया, प्रकाशबहादुर कार्की, बाबुराम येङदेन, दिलिपकुमार (किशोर) राई, रमेश दाहाल।
क्षेत्र नं. ३ मा ५ हजार ४ सय ५२ पार्टी सदस्यमध्ये ५ हजार २ सय २ जनाले मतदान गर्नेछन्। तीमध्ये २५० दलित सदस्यले भने जिल्ला तहमा प्रतिनिधि छान्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
क्षेत्रभित्रका रहेको चार पालिकाका २६ वडा रहेका छन् । सुन्दरहरैंचामा सबैभन्दा धेरै १ हजार ८ सय ८८ पार्टी सदस्य मतदाता रहेका छन्। बेलबारीमा १ हजार २ सय २८, कानेपोखरीमा ८ सय ८६ र पथरी शनिश्चरेमा १ हजार ४ सय ५० रहेका छन्।
प्रतिनिधि चयनका लागि मंसिर १३ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म आफ्नै आफनै पालिकामा मतदान हुने निर्वाचन समितिका सदस्य प्रेम कार्कीले जानाकारी दिए । एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुदैँछ ।




















