काठमाडौं—गृहमन्त्री ओमप्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ता जारी छ।
सामाजिक शान्तिमा खलल पुर्याएको आरोपमा पक्राउ परेका प्रसाईं सर्वोच्च अदालतको आदेश पछि छुटेपछि दुवै पक्षबीच समसामयिक विषयमा छलफल सुरु भएको हो।
यसअघि पक्राउ परेपछि महाअभियानले आन्दोलनको घोषणा गरेको थियो। तर हिरासतबाट निस्किएलगत्तै प्रसाईंले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालको आग्रहपछि आन्दोलन स्थगित भएको बताउनु भएकाे थियाे ।
प्रसाईं मंसिर ७ गते ७ दिन हिरासत बसेपछि रिहा भएका हुन्। मंसिर ६ गते राति सरकार र प्रसाईं नेतृत्वको अभियानका प्रतिनिधिबीच वार्तामार्फत समाधान खोज्ने सहमति भएको थियो।




















