काठमाडौं— सात दलको समर्थनमा मधेशका मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपाली कांग्रेस संसदीय दलका नेता यादवलाई मधेशका मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।
प्रदेश प्रमुख कार्यालय जनकपुरधामले मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेको थियो।




















