काठमाडौँ—जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामालाई धरौटीमा रिहा हुन अदालतले आदेश दिएको छ । । उनी मंगलबार जिल्ला अदालत काठमाडौँको आदेश आदेश अनुसार रिहा भएका हुन् ।

  उनी ५ लाख २० हजार धरौटी तिरेर रिहा भएको  जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले  बताए ।

प्रहरीले तेन्जिङ विरुद्ध नागरिकता, राहदानी, लिखत सम्बन्धी कसुर र लागुऔषध मुद्दामा अनुसन्धान गरेको थियो । सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

 २०१७ मा तेन्जिङले बौद्धमा ‘टिओबी ट्याटु हाउस’ खोलेका थिए । जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा बुलेट मोटरसाइकल हुइँक्याएर तेन्जिङको समूहले उच्छृङ्खल गतिविधि गरेको थियो । तेन्जिङ तिब्बतीयन मुलका हुन् ।

टिओबीको अर्थ ‘तिब्बतीयन ओर्जिनल ब्लड’ भनिएको छ । टिओबीमा ५७ जना सदस्य रहेको एसपी भट्टराईले बताए । कमाण्डर तेन्जिङ भएपनि टिओबीका सदस्यहरूले सुरेन्द्र गुरुङ ‘हाकिम’लाई रोलमोडल मान्ने गर्छन् ।