काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटमा तीव्र आर्थिक विकासको गति समेटिएकोे प्रतिक्रिया दिनुभएको छ ।

‘बजेट मुलुक र जनहितमा आएको छ’ उहाँले भन्नुभयो, ‘बजेटमा समावेश गरिएका आयोजनाको कामलाई सम्पन्न गर्न स्रोतको अभाव छैन । स्रोत हेरेरै बजेट ल्याइएको हो । त्यस कारण बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका र चिन्ता गर्नुपर्दैन ।’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य पाण्डेले बजेटमा धेरै आयोजना भएकाले त्यसको कार्यान्वयनमा भने सचेत भएर अघि बढन सरकारलाई सुझाव दिनुभयो ।

नेकपाकै अर्का नेता योगेश भट्टराईले तीव्र आर्थिक विकासको गतिलाई समेटेर बजेट ल्याइएको प्रतिक्रिया दिनु भयो । उहाँले लोककल्याणकारी राज्यको अवधारणालाई पनि समेटेकाले बजेट सन्तुलित भएको बताउनु भयो ।