काठमाडौं—नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचन प्रक्रियामा राति ८ः४० बजेसम्म १ हजार २ सय १६ मत खसिसकेको छ ।

निर्वाचन आयाेगका अनुसार महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये १ हजार २ सय १६ प्रतिनिधिहरूले विद्युतीय मतदान मेसिनमार्फत आफ्नो मताधिकार प्रयोग गरिरहेका हुन् । मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको आयाेगले जनाएको छ ।

यसअघि प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न मतदान केन्द्रमा प्रवेश गर्ने समय राति १० बजेसम्म थप गरिएको थियो । साथै, मतदान व्यवस्थापनका लागि कुपन प्रणाली लागू गरिएको छ । प्रतिनिधिहरूले समयभित्र कुपन लिएपछि मतदानको अधिकार सुरक्षित हुने व्यवस्था गरिएको छ ।