केराबारी—मोरङको केराबारी गाउँपालिकामा रक्तदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। “श्रम आप्रवासनका चक्रमा सुशासन, सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन” भन्ने नारासहित अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२ को अवसरमा बिहिबार रक्तदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केराबारी गाउँपालिकाकि उपाध्यक्ष मनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, जनप्रतिनिधि, कर्मचारी, अग्रज व्यक्तित्वहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ जना महानुभावहरूले रक्तदान गरेका थिए। कार्यक्रमले सुरक्षित र मर्यादित आप्रवासनप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवाको भावना सुदृढ बनाएको आयोजकले जनाएको छ।
























