काठमाडौं—रास्वपा सभापति रवि लामिछाने रिहा भएसँगै पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन्। कार्यवाहक सभापति डिपी अर्यालद्वारा जारी विज्ञप्तिमा कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरेर सभापति तत्काल जिम्मेवारी सम्हाल्ने स्पष्ट गरिएको छ।

उच्च अदालत तुलसीपुर (बुटवल इजलास) को आदेशप्रति सम्मान व्यक्त गर्दै रास्वपाले विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति आफ्नो अडान दोहोर्‍याएको छ। पार्टीले रविमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोधको परिणाम भएको भन्दै नागरिक सरकारले यसलाई अन्त्य गर्ने विश्वास व्यक्त गरेको छ।

राजनीतिक प्रतिशोधविरुद्ध देश–विदेशबाट एकजुट भएर आवाज उठाउने सबै न्यायप्रेमी नेपाली, पार्टी सदस्य र समर्थकप्रति रास्वपाले आभार व्यक्त गरेको छ।