केराबारी—मोरङको केराबारी गाउँपालिकामा आधारभूत प्लम्बिङ तालिमको उद्घाटन सम्पन्न भएको छ। पुस ७ गते देखि सुरुभएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त तालिम ३९० घण्टा अवधि रहेको विशिष्ट अतिथि तथा गाउँपालिका प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिए ।
उक्त तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, झापाको आयोजनामा संचालन गरिएको हो।
कार्यक्रममा केराबारी गाउँपालिका प्रवक्ता नारायण प्रसाद भूजेल, कार्यपालिका सदस्य गंगा लिम्बू, सम्बन्धित शाखाका कर्मचारी र प्रशिक्षणार्थीहरुको उपस्थिती रहेको थियो।
























