काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीचको वार्ता सम्पन्न भएको छ। साढे दुई घण्टासम्म चलेको वार्ता कुपण्डोलस्थित कुमार बेनको निवासमा भएको हो।
वार्तापछि सञ्चारकर्मीले छलफलको विषयबारे सोध्दा रवि लामिछानेले कुनै प्रत्यक्ष जवाफ दिएनन्। उल्टै उनले प्रतिप्रश्न गर्दै भने, “मेरो अनुहारले के बताइरहेको छ ?”
रवि लामिछाने बाहिरिएपछि पनि मेयर बालेन साह, पूर्व सांसद अमरेश कुमार सिंह र केही जेन–जी अभियन्ताबीच छलफल जारी रहेको बताइएको छ।
पछिल्ला दिनहरूमा पुराना दलबाट असन्तुष्ट नेता, अभियन्ता, कलाकार तथा विभिन्न क्षेत्रका चर्चित अनुहारलाई समेटेर वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेका बालेन साह भेटघाटमा व्यस्त देखिएका छन्। उनले आजै कुलमान घिसिङ, सुदन गुरुङलगायतसँग पनि भेटवार्ता गरेका थिए।




















