काठमाडौं—रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएपछि रास्वपा छाडेका पूर्व सचेतक एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषदका सदस्य सन्तोष परियार उस्तै–उस्तै स्वभाव भएका रवि–बालेन एक ठाउँ आउनु स्वाभाविक भएको बताएका छन् ।

उनले रवि–बालेन एकतालाई ‘भेँडा–भेँडासँग र बाख्रा–बाख्रासँग’ भन्ने नेपाली उखानसँग मिल्दो भएको टिप्पणी गरे ।

रवि–बालेन एकताले देश र जनताको हित नहुने उनले बताए । परियार भन्छन्, ‘उस्तै–उस्तै वैचारिकी भएका राजनीतिक पार्टीहरु, समूहहरु ध्रुवीकरण भएर सिंगो देश र जनताका मुद्दालाई प्राथमिकतामा राखेर हुने सहमति समझदारी एउटा कुरा भयो । तर निर्वाचनलाई मात्रै केन्द्रित गरेर कुनै मूल्य मान्यताविना जसरी पनि सत्ताका लागि एक ठाउँमा आउनुले देश र जनताको हित गर्छजस्तो मलाई लाग्दैन ।’

तर देशमा राजनीतिक ध्रुवीकरण भने जरुरी रहेको उनी बताउँछन् । 

परियारसंग अनलाइन खबरले लिएको प्रतिक्रिया