काठमाडौं—जेनजी अगुवा सुदन गुरुङले उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीचको एकता प्रक्रिया टुटेको खबरप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
गुरुङले पुराना राजनीतिक शक्तिहरू आपसमा नजिकिँदै गर्दा नयाँ भनिएका राजनीतिक समूहहरू भने आन्तरिक विवादमा अल्झिएको देखिनु दुःखद भएको बताए। नयाँ धारका शक्तिहरूबीच सहकार्य र समझदारी आवश्यक रहेको उनको भनाइ छ।
‘नयाँहरू आपसमा झगडा गर्दै बस्नु राम्रो संकेत होइन,’ गुरुङले भने, ‘मिल्नुपर्छ भनेर मैले पहल गरेको हुँ, तर कसरी र कुन तरिकाले मिल्ने भन्ने निर्णय उहाँहरूकै हो।’



















