काठमाडौं – सामाजिक सञ्जालमा केही व्यक्तिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनका लागि भृकुटीमण्डप जाने भनेर भ्रम फैलाएको भन्दै देउवाको सचिवालयले आपत्ति जनाएको छ ।

सभापति देउवाका सहयोगी भानु देउवाले सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।

सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं।”

सचिवालयले भ्रामक सूचनामा विश्वास नगर्न र आधिकारिक जानकारीलाई मात्र आधार बनाउन आग्रह गरेको छ ।