पर्सा — पर्सा-३ का नेपाली कांग्रेसका चर्चित युवा नेता रुपेश पाण्डे नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी पार्टी प्रवेश गरेको जानकारी प्राप्त भएको छ।

पाण्डेलाई अध्यक्ष ओलीले स्वागत गरेका छन्। कांग्रेस परित्याग गरी एमाले प्रवेश गराउन केन्द्रीय सदस्य प्रभु जनताले विशेष भूमिका निर्वाह गरेको बताइएको छ।

युवा तहमा प्रभावशाली नेताका रूपमा परिचित पाण्डेको एमाले प्रवेशलाई पर्सा जिल्लाको राजनीतिमा महत्त्वपूर्ण कदम भनेर हेरिएको छ। एमालेले यस प्रवेशले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।