झापा — निर्वाचनको मुखमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाका संयोजक राजु आचार्यले पार्टी परित्याग गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमा लेख्दै आचार्यले भनेका छन्, “प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु। २७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य भएको छ।”

आचार्यले अब स्वतन्त्र नागरिकको हैसियतमा आफ्नो जीवन अगाडि बढाउने बताएका छन्।
यसअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) इलामका संयोजक धिरेन्द्र शर्माले पनि पार्टी परित्यागको घोषणा गरेका थिए।