काठमाडौँ— राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा बुझाएका हुन्।

उनीहरू फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्।