काठमाडौँ — नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा होमिएको सन्देश दिन काठमाडौँमा प्रदर्शन गरेको छ। एमाले बागमती प्रदेश कमिटीले २०८२ माघ ४ गते आइतबार निर्वाचन विशेष जनप्रदर्शन गरेको हो।
एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको र्याली नेपाल प्रज्ञा प्रतिष्ठानसम्म पुगेर कोणसभामा परिणत हुँदै छ।
सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।




















