जनकपुरधाम—जनकपुरधामको गंगासागर पोखरीको डिल क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभा चलिरहेको बेला भीडभाडका कारण एक पुरुषमाथि चक्कु प्रहार भएको छ।
घटनास्थलमा भएको भिडभाडको बीचमा अन्दाजी ५० वर्षीय नाम नखुलेका पुरुषलाई चक्कु प्रहार गरिएको बताइएको छ।
घटनापछि स्थानीयवासीले चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन्। घाइते पुरुषलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



















