काठमाडौँ—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर बसेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको रुख चिन्ह लिएर आगामी चुनावमा उठ्ने तयारीमा रहेकी छन्।
कांग्रेस सभापति गगन थापा र सुमना श्रेष्ठबीच वार्ता जारी रहेको बताइएको छ।
उनी कांग्रेसको तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ वा ४ मध्ये एकमा प्रतिस्पर्धा गर्न तयार रहेको बुझिएको छ।
यस विषयमा थप जानकारी प्राप्त हुनासाथ पछिल्लो समाचारमा अपडेट गरिने छ।



















