काठमाडौं—नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले नेतृत्व हस्तान्तरण गर्ने भएका छन्। ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि उनले महाधिवेशनमै भएको भद्र सहमति अनुसार उपाध्यक्ष महाराज गुरुङलाई नेतृत्व सुम्पन लागेका हुन्।

आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा युवा संघको आयोजनामा केन्द्रीय युवा परिषद्को पहिलो बैठक बस्दैछ। सोही बैठकबाट पोखरा महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरेका उपाध्यक्ष गुरुङ राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा चयन हुने तयारी छ।