ललितपुर—मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा पत्नीको हत्या गरी एक व्यक्ति आफैँ प्रहरीमा उपस्थित भएका छन्।ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको हत्या गरेका हुन्।
प्रहरी वृत्त चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार दुवैजनाले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए। त्यसक्रममा विवाद हुँदा विनोदले पत्नीमाथि धारिलो हतियार प्रहार गरेका थिए।
घटनापछि विनोद आफैँ टीकाभैरवस्थित प्रहरी प्रभागमा उपस्थित भएका हुन्। दम्पतीकी दुई वर्षीया छोरी रहेकी छन्। प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवनका कारण घरायसी सम्बन्ध बिग्रिएपछि उनीहरू डेरामा बस्दै आएका थिए।



















