काठमाडौं— पेसागत महासंघ नेपालका पूर्वअध्यक्ष प्रमोद शर्मा पुनः नेकपा (एमाले) मा फर्किएका छन्। पहिलो निर्वाचित कम्युनिष्ट सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीका सल्लाहकारलगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका शर्माले आफूले निर्माण गरेको राजनीतिक घरमा पुनः फर्किएको बताएका छन्।
शर्माले यसअघि नेकपा एमाले पेसागत/बुद्धिजीवी जिल्ला कमिटी, धादिङका संस्थापक सचिव तथा उपत्यका समन्वय कमिटीका तत्कालीन सचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका थिए।
उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव पद्मा अर्याल, भानुभक्त ढकाललगायत नेताहरूले पार्टीमा स्वागत गरेका हुन्।
आगामी प्रतिनिधिसभा निर्वाचनको मुखमा शर्माको पुनः एमाले प्रवेशलाई राजनीतिक रूपमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।



















