विराटचोक— सौन्दर्य कला व्यवसायी संघ नेपालले  मोरङको सुन्दरहरैचामा  नगर कमिटी गठन गरेको छ । सुन्दरहरैचाका सौन्दर्य कला व्यवसायीहरूको भेलाले प्राश्ना गुरुङको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी सर्वसम्मत रूपमा गठन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा टेकमाया मगर, सचिवमा मनिता देवी श्रेष्ठ र कोषाध्यक्षमा राधिका खत्री चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कुम्वकुमारी लिम्बू, गंगादेवी खवास, शान्तस खत्री, देउकुमारी मगर, यसोदा ठकुरी र शुसिला आङ्ग्देम्बे रहेका छन् ।

भेलामा सौन्दर्य कला व्यवसायी संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेकपा कोशी प्रदेशकी नेतृ दिपा अधिकारीको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2026-02-04 at 9.48.54 AMत्यस्तै अतिथिहरूमा नेकपा एमाले सुन्दरहरैचा नगर कमिटी सदस्य तथा वडा नम्बर ९ की जनप्रतिनिधि सारदा विक, सौन्दर्य कला व्यवसायी संघ नेपाल सुनसरी जिल्ला उपाध्यक्ष सिर्जना राई तथा नेपाली कांग्रेसकी सदस्य एवं जनप्रतिनिधि मिनी श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । 

उक्त भेला तथा कमिटी गठन गत माघ ८ गते विराटचोकस्थित जेनी ब्युटी पार्लरमा सम्पन्न भएको हो ।

WhatsApp Image 2026-02-04 at 9.48.54 AM 1