काठमाडौं, १० कार्तिक । काठमाडौं महाराजगञ्जको जुवाखालबाट पक्राउ परेको हल्ला फैलिएपछि प्रदेश सभा सांसद इन्द्र बानियाँले उक्त कुराको खण्डन गरेका छन् ।
उनले आफू पक्राउ नपरेको बताएका छन् । विभिन्न सञ्चार माध्यममा जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचार नबुझीकन आएको बताउँदै पूर्व गृहराज्यमन्त्री समेत रहेका बानियाँले समाचारको खण्डन गरेका हुन् ।
उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको आरोप समेत लगाएका छन् । ‘म हिजो हेटौंडाबाट काठमाडौं आएको हुँ । त्यसपछि म कहिं पनि गएको छैन । घरमा नै छु । पक्राउ पर्ने कुरै भएन ।’
मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर–२ अन्तर्गत प्रदेश–३ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।
प्रहरीले काठमाडौं महानगरपालिका–३ पिपलमार्गस्थित विक्रम गौतमको घरबाट दुई करोड ६७ लाखसहित २५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २४ जना छन् ।
यी हुन् जुवाखालबाट पक्राउ पर्नेहरु
१. काठमाडौं महानगरपालिका–२ भाङ्गीका बुद्ध लामा
२. काठमाडौं महानगरपालिका–१५ का मुक्ती लामा
३. काठमाडौं महानगरपालिका– ९ का पवन अग्रवाल
४. काठमाडौं महानगरपालिका– ६ का सुमन अग्रवाल
५. काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ का कृष्ण भण्डारी
६. काठमाडौं महानगरपालिका–२९ का राम तामाङ्ग
७. काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ का सिताराम खड्का
८. काठमाडौं महानगरपालिका–२६ का अशोक श्रेष्ठ
९. काठमाडौं महानगरपालिका – ३५ का श्यामप्रसाद पराजुली
१०. काठमाडौं महानगरपालिका–१५ स्वयम्भु का रञ्जन राजबंशी
११. काठमाडौं महानगरपालिका–३ का विक्रम गौतम (मिनी क्यासिनो सञ्चालक घरधनी)
१२. काभ्रेपलान्चोक पनौती नगरपालिका–५ का प्रदीप बोगटी
१३. काभ्रेपलान्चोक तिमाल गाउँपालिका–६ का नवाङ्ग लामा
१४. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–९ का धावा लामा
१५. काभ्रेपलान्चोक बाल्टिङ गाउँपालिका–४ का बलराम सापकोटा (बले)
१६. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–११ का रोशन तामाङ्ग
१७. दोलखा भीमेश्वर नगरपालिका–५ का राम कृष्ण के.सी.
१८. दोलखा भीमेश्वर नगरपालिका–५ बस्ने ईन्द्र श्रेष्ठ
१९. ललितपुरको गोदावरीका– प्रेम थापा मगर
२०. ललितपुर पुल्चोकका –सोहेल कार्की
२१. ओखलढुङ्गाको पाप्ले –३ का सुमन गुरुङ्ग
२२. रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का शोवित सिलवाल
२३. रामेछापको बागमती भण्डारी नगरपालिका–३ का पवित्रकुमार कार्की
२४. बाराको निजगढ नगरपालिका– ९ का शम्भु बुढाथोकी
२५. सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का शम्भु शेर्पा


