इलाम— इलाम जिल्लाको माइजोगमाई गाउँपालिका–स्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार साँझ करिब ५ रेक्टरस्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का इलामसहित आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ।
यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्रभित्र पर्ने भएकाले यहाँ विभिन्न समयमा साना तथा ठूला भूकम्प जाने गरेका छन्।



















