काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको काठमाडौं महानगर–४ स्थित घरमा चोरीको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनिष राजवाहक, खिमबहादुर खड्का र सञ्जय श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार, मनिष राजवाहक नख्खु कारागारबाट भदौ २४ गते फरार भएका व्यक्ति हुन्। उनीले बालेनको घरसहित विभिन्न पाँच स्थानमा चोरी गरेको स्वीकार गरेका छन्। चोरी भएका केही ल्यापटप लगायतका सामान उनीबाट बरामद भएको प्रहरीले जनाएको छ।

खिमबहादुर खड्कामाथि चोरीका सामान किनबेचमा सहयोग गरेको आरोप छ भने सञ्जय श्रेष्ठले चोरीका ल्यापटप सस्तो मूल्यमा लिएको खुलेको छ।

प्रहरीले प्रकरणबारे थप अनुसन्धान जारी रहेको बताएको छ।