झापा— नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय नेतृत्व झापा क्षेत्र नम्बर–५ मा केन्द्रित भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा युवाहरूलाई संगठित गर्ने उद्देश्यले युवा संघका अध्यक्ष महाराज गुरुङसहितका केन्द्रीय नेताहरू टोल–टोलमा भेला गर्दै सक्रिय भएका छन्।

अध्यक्ष ओलीविरुद्ध राजनीतिक घेराबन्दी बढेको भन्दै युवा संघले झापा–५ भित्रका सबै पालिकामा वडा कमिटी गठन गर्दै संगठन विस्तार अभियान सञ्चालन गरेको हो। यस अभियानमार्फत युवालाई एकताबद्ध गर्दै पार्टीको संगठनात्मक आधार थप मजबुत बनाउने लक्ष्य राखिएको युवा संघले जनाएको छ।