काठमाडौं—अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु गलत निर्णय हुन सक्ने टिप्पणी गरेकी छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो क्षेत्रको दुःख बुझ्न स्थानीय माटोमै हुर्किएको व्यक्ति आवश्यक पर्ने उल्लेख गरेकी हुन्।
थापाले लेखेकी छन्, “हामीले ‘परिवर्तन’ को नाममा पर्यटक उम्मेदवारहरूलाई जिताउनु हाम्रो भूल हुन सक्छ। सम्झनुहोस्, टुरिस्टले आएर स्थानीयको आँसु पुछ्न सक्दैन। आफ्नो क्षेत्रको दुःख बुझ्न आफ्नै माटोको मान्छे चाहिन्छ।”




















